काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको जनाएको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरू बैठकमा उपस्थित हुन नसकेको पुष्टि गरेका छन्। उनले अर्को कार्यक्रम परेकाले बैठकमा सहभागी हुन नभ्याएको बताए।
लामिछानेले सिंहदरबारमा आयोजना गरेको उक्त बैठकमा प्रमुख राजनीतिक दलका अध्यक्ष तथा सभापतिहरूलाई निमन्त्रणा गरिएको थियो। तर श्रम संस्कृति पार्टीका तर्फबाट कुनै प्रतिनिधि उपस्थित भएनन्।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि लामिछानेले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद तथा परामर्शलाई निरन्तरता दिने उद्देश्यले सर्वदलीय बैठक बोलाएका हुन्।





















