चितवन – भरतपुर ११ मा रहेको गणेशधाम संरक्षण तथा संवर्द्धन समितिलाई मङ्गल चौथीको अवसरमा भरतपुर–५ स्थित भवानी डेरीले भगवान गणेशको नाममा ९५/९५ केजीका दुईवटा दानपात्र अर्पण गरेको छ।
आयोजित कार्यक्रममा डेरीका सञ्चालक देवरथ बरालकी आमाले गणेशधाम संरक्षण तथा संवर्द्धन समितिका महासचिव नवराज ढकाललाई दानपत्रको चाबी हस्तान्तरण गर्नुभएको समितिका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोडेर गरिएको यस पहललाई गणेशस्थान टोल विकास संस्था लगायत स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।





















