काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार मन्त्रिपरिषद्को सिफारिसमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको हो।
सरकारले हालसम्म विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ। तीमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश यसअघि नै जारी भइसकेका छन् भने बाँकी अध्यादेश अध्ययनकै क्रममा रहेको जनाइएको छ।
यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद्लगायत केही अध्यादेशका विषयमा कानुनविद्हरूसँग परामर्शसमेत गरेका थिए।
अध्यादेश जारीसँगै वित्तीय पारदर्शिता र अवैध सम्पत्ति नियन्त्रणका विषय फेरि केन्द्रमा आउने अपेक्षा गरिएको छ।





















