चितवन — चितवन स्थित भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। ढुण्डिराज पौडेलले पदबाट राजीनामा दिएका छन्। राजीनामासँगै उनले आफूले बुझेको सुविधा तथा भत्ता समेत फिर्ता गर्ने घोषणा गरेका छन्।
पौडेलले नियुक्ति पाएपछि अस्पताललाई कुनैपनि नराम्रो काम गरेन्न् । साना ठूला कर्मचारीलाई समान व्यवहार गर्ने बौद्धिक व्यक्तित्व रुपमा परिचित थिए । अरुले नियुक्ति पाउना साथ साना , ठेकेदार र ज्यालाका कर्मचारीलाई दुख दिनको साथै डिपार्टमेन्ट परिवर्तन गर्ने गर्दथे ।
उनी गत मााघमा अध्यक्ष नियुक्त भएका थिए। डा. पौडेलले आफ्नो कार्यकालमा अस्पताललाई शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्ने, सेवा विस्तार गर्ने र गुणस्तरीय उपचार प्रणाली सुदृढ बनाउने लक्ष्य राखेको उल्लेख गरेका छन्। उनले चिकित्सा सेवा, शिक्षा र अनुसन्धानलाई एकअर्काका परिपूरक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
राजीनामा पत्रमा उनले भरतपुर अस्पतालको भौगोलिक महत्व, बढ्दो बिरामी चाप, तथा मध्यम तथा न्यून आय भएका बिरामीको उपचारमा देखिएको चुनौतीलाई विशेष रूपमा उल्लेख गरेका छन्। अस्पताललाई अझ व्यवस्थित र प्रभावकारी बनाउन दीर्घकालीन संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ।
डा. पौडेलले आफूले सार्वजनिक पदमा रहँदा प्राप्त गरेको भत्ता तथा अन्य सुविधा फिर्ता गर्ने निर्णयसमेत गरेका छन्। उनले नैतिक जिम्मेवारी र पारदर्शितालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताएका छन्।
उनले झण्डै चार दशक सरकारी स्वास्थ्य सेवा, दुई दशकभन्दा बढी विशेषज्ञ सेवा र चिकित्सा शिक्षामा संलग्न अनुभवका आधारमा सुझाव पनि दिएका छन्। नागरिक र चिकित्सकबीच बढ्दो अविश्वास अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिमा उत्साह जगाउन सुधार अपरिहार्य रहेको उनको निष्कर्ष छ।
डा. पौडेल हालै मात्र मन्त्रीस्तरीय निर्णयबाट भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । उनले अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने योजना अघि सारेका थिए ।
राजीनामा पत्रमार्फत उनले औपचारिक रूपमा पद त्याग गर्दै, आगामी दिनमा पनि चिकित्सक तथा प्राध्यापकको रूपमा सेवा गर्न इच्छुक रहेको बताएका छन्।
उनका अनुसार व्यवस्थापन सुधार, नीतिगत अस्पष्टता, र स्वास्थ्य क्षेत्रका चुनौतीहरू समाधानका लागि नयाँ ढंगले अघि बढ्न आवश्यक देखिएकाले उनले राजीनामा दिएका हुन्।





















