पोखरा। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस रकम सहित पक्राउ परेको छ ।
लागु औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस–रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार प्रहरी वरिष्ठ हवल्दार थापा क्षेत्रीले सेवाग्राहीसँग मागेको पचास हजार रुपिया घुस रकम लिइसकेको अवस्थामा शनिबार उक्त रकम सहित नियन्त्रणमा लिइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
पक्राउ परेका थापा क्षेत्रीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता न्यौपानेले जानकारी दिए।





















