काठमाडौं । माइतिघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच झडप भएको छ। झडपमा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र अभियन्ता सोभा पाठक प्रत्यक्ष रूपमा संलग्न रहेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार, शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने मागसहित माइतीघरमा धर्ना दिइरहेका थिए। सोही क्रममा अम्बिका बस्नेत आफ्ना समर्थकसहित त्यहाँ पुगेर धर्नामा बसेकाहरूसँग विवादमा उत्रिएकी थिइन्।
विवाद चर्किँदै जाँदा दुवै पक्षबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरी घटनास्थलमा पुगेर झडपलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अम्बिका बस्नेतसहित केही महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।
यस अघि शोभा पाठकले महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशनसमेत बसेकी थिइन्। उक्त क्रममा तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए।
गुरुङले पदबाट राजीनामा दिएपछि शोभाले अनशन तोडेकी थिइन्। हाल उनी गुरुङको पुनर्वहालीको माग गर्दै आन्दोलनमा सक्रिय छिन्।





















