काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार
प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाएका थिए । राजीनामा लगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिएपछि आफ्नो गाडी चढेर बाहिरिएका हुन् ।
विवादित व्यापारी दीपक भट्टको साझेदार रहेको विषयमा उनको नाम जोडिएपछि उनीमाथि चौतर्फी आलोचना भएको थियो । उनले आफूमाथि निष्पक्ष छानबिनको माग गर्दै राजीनामा बुझाएका छन् ।





















