काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्।
मंगलबार सिंहदरबार मा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले गृहमन्त्रीसँग सम्बन्धित विषयहरू बारम्बार नयाँ रूपमा सार्वजनिक भइरहेकाले यस्तो अवस्थामा पदबाट अलग हुनु उपयुक्त हुने बताएका हुन्।
“उहाँबारे जहिल्यै नयाँ–नयाँ कुरा सुनिन्छ। त्यस्तो हुनु राम्रो होइन,” साम्पाङले भने, “हप्तामा दुई–तीन पटक फरक–फरक कुरा आउँदा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो।”





















