काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।
अदालत प्रशासनले अधिवक्ता आयुष बडाल ले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो। यससँगै उक्त निवेदन तत्कालका लागि अस्वीकृत भएको छ।
यद्यपि, बडालले यस आदेशविरुद्ध सर्वोच्च अदालतमै पुन: अर्को निवेदन दिन सक्ने कानुनी व्यवस्था छ। एक न्यायाधीशको एकल इजलासले त्यस्तो निवेदनमाथि सुनुवाइ गरी दरपीठ आदेश बदर गरेमा अदालत प्रशासनले रिट दर्ता गर्नुपर्ने हुन्छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप खेपिरहेका लामिछानेलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउनुपर्ने मागसहित उक्त रिट निवेदन दर्ताका लागि पेस गरिएको थियो।





















