काठमाडौं । चलचित्र पत्रकार संघ नेपालमा पुनः समिर बलामी विजयी भएका छन् । शनिबार भएको चलचित्र पत्रकार संघ नेपालको निर्वाचनमा अध्यक्षमा समिर बलामी दोब्बर मतान्तरमा विजयी भएका हुन् ।
उनले कुल खसेको १४० मतमा सर्वाधिक ९५ मत प्राप्त गरेका थिए । उनले प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गरेका थिए । उनी अघिल्लो पटक पनि अध्यक्ष नै हुनुहुन्थ्यो भने पराजुली पूर्व उपाध्यक्ष थिए।

बलामी फिल्मीफण्डाको सञ्चालक सहित सम्पादक हुन भने पराजुली ठूलोपर्दाको सञ्चालकसहित सम्पादक समेत हुन् ।
निर्वाचनबाट उपाध्यक्ष (संंगठन ) मा रघुनाथ सापकोटा विजयी भएका छन् । उनले ७३ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नबिन गिरीले ६२ मत प्राप्त गरेका हुन् । सापकोटा अघिल्लो महासचिव हुनुहुन्थ्यो । उनले सेलिब्रेटी नेपालको सञ्चालक सहित सम्पादक समेत हुन् ।
उपाध्यक्ष तफ कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष (महिला) मा दिपज्योति थापा ७५ मतसहित विजयी भईन् । उनको प्रतिस्पर्धी सुष्मा कार्कीले ६२ मत प्राप्त थिईन् भने महासचिवमा ५४ मतसहित गोपीकृष्ण चापागाई विजयी भएका हुन् ।
उनको निकटतम प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत प्राप्त गरे । महासचिवका उम्मेदवार सिपी जैशी र पवन भट्टराईले पनि थोरै मत प्राप्त गरेका थिए।
सचिवमा मदन रिजाल ९४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत प्राप्त गरेका थिए । सचिव ९समावेशी०मा महम्मद जालिम निर्विरोध निर्वाचित छन् । त्यस्तै कोषाध्यक्षमा मनिष अन्जान ७४ मतसहित विजयी भएका हुन् । उनको प्रतिस्पर्धी निशा बजगाईले ६५ मत प्राप्त गरिन् । मनिष फिल्मीखबरमा कार्यरत छन् । निर्वाचनमा पराजुलीको प्यानलबाट मनिषमात्र विजयी भएका हुन् ।
सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी हुन । उनका प्रतिस्पर्धी भोला प्रणव सुवेदीले ४२ मत मात्रप्राप्त गरे । त्यस्तै सदस्यहरूमा सदस्यहरूमा सोजना विक लोहार, दिनेश थापा, नविन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, सुशील नेपाल ,दिपराज क्षेत्री, सालिकराम न्यौपाने विजयी भएका छन्।





















