काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आइतवार सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरणमा उक्त रकम बैंक मौज्दात रहेको पाइएको हो ।
जसमा उनको खातामा रहेको उक्त रकम सामाजिक सञ्जालबाट आएको कमाइ भएको देखाइएको छ । जसमा फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालबाट कमाइ भएको उल्लेख गरिएको छ ।





















