काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री र रामजी यादवलाई श्रम मन्त्री बनाउने तयारी गरिएको छ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दुवै जनाको नाम प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेका छन्।
गौरीकुमारी यादव महोत्तरी–४ र रामजी यादव सप्तरी–२ बाट फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए। यसअघि प्रधानमन्त्री शाहले उद्योग मन्त्रालय आफैँ सम्हाल्दै आएका थिए।
त्यसैगरी, श्रम मन्त्री रहेका दीपककुमार साहलाई रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार प्रधानमन्त्री शाहले पदमुक्त गरिएको जनाइएको छ।
























