भरतपुर – होटल पौवा भरतपुरद्वारा आयोजित “स्वाद उत्सव” कार्यक्रम चैत्र २६ गते देखी शुरु भएको छ । होटल परिसरमै हुने कार्यक्रमलाई चितवन उधोग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले औपचारिक रुपमा उद्घाटन गर्नुहुने भएको थियो ।
होटलले आफ्नो स्थापना दिवस तथा दशौं वार्षिकोत्सवको अवसर पारेर विशेष “स्वाद उत्सव” कार्यक्रम आयोजना गर्ने भएको हो।
होटलका महाप्रबन्धक राम प्रसाद रेग्मीका अनुसार चैत २६ गते देखी शुरु हुने उक्त “स्वाद उत्सव” कार्यक्रम २८ गतेसम्म सञ्चालन हुने छ ।
महाप्रबन्धक रेग्मीका अनुसार “स्वाद उत्सव” भरतपुर शाखा सहित देशभर रहेका पौवाका अन्य शाखाहरूमा समेत एकैसाथ सञ्चालन गरिनेछ। उत्सव मार्फत ग्राहकलाई फरक–फरक परिकारको अनुभव गराउने उद्देश्य राखिएको छ।
कार्यक्रम अवधिभर हरेक दिन दुई प्रकारका विशेष स्वाद (एउटा भेज र अर्को नन-भेज) आइटम ग्राहकलाई चखाइने व्यवस्था गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई समेत मध्यनजर गर्दै होटलले चैत्र २५ गते, अर्थात् स्थापना दिवसकै दिन, भरतपुर–३ वेलचोक स्थित मानव सेवा आश्रममा आश्रितहरुलाई निःशुल्क भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ।
त्यसैगरी, नेपाली नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ विशेष “शुभकामना साँझ २०८३” कार्यक्रमको पनि आयोजना गरिएको छ।
उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने बताइएको छ, जसले उत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।
होटल पौवाले आयोजनामा २६ गतेबाट शुरु हुने “स्वाद उत्सव” लगायत अन्य कार्यक्रमहरूले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय खानाका परिकारको प्रचार–प्रसार र ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने बिश्वास लिएको जनाएको छ ।





















