काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानमा झरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह पछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत् दोस्रो स्थानमा रहेका छन्।
नयाँ मर्यादाक्रम अनुसार तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् भने चौथो स्थानमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।
यससँगै गृहमन्त्री गुरुङ पाँचौं वरियतामा पुगेका हुन्।





















