चितवन / चितवनका १० सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा हिजो आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
उनीहरु मध्ये ७ जना भरतपुर महानगरपालिकाका छन् । ३ जना राप्ती नगरपालिकाका हुन् ।
भरतपुरकै पुरानो मेडिकल कलेजबाट स्वाब लिइएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । मकवानपुरका ६० वर्षीय पुरुषको स्वाब भरतपुरकै आशा अस्पतालबाट लिइएको हो ।
आज संक्रमित पुष्टि हुनेहरु अधिकांश क्वारेन्टिनका छन् । उनीहरु ६ देखि ८६ वर्ष सम्मका छन् ।आज सम्ममा चितवनका २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















