चितवन । चितवन स्थित भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त हनुभएको छ ।
यस अघि गण्डकी प्रदेश सरकारमा सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका बगाले अब अस्पतालको नेतृत्व सम्हाल्ने हुनुभएको छ ।
स्वास्थ्य सेवा व्यवस्थापन र नीतिगत तहमा अनुभव हासिल गरेका बगाले गण्डकी प्रदेशमा रहँदा स्वास्थ्य क्षेत्र सुधार तथा सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
उहाँको नियुक्तिसँगै भरतपुर अस्पतालको सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। बगालेले यस अघि भरतपुर अस्पतालमा निमित्त मेसुको जिम्मेवारी सम्हालेर काम गरिसक्नुभएको थियो ।
पहिला पनि राम्रो काम गर्नु भएको डाक्टर बगाले सँग सबैले धेरै आशा राखेका छन् ।





















