काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचनको प्रक्रिया अघि बढाइएको हो।
संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले उम्मेदवारी दाबी गरेका छन्।
निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र बुझाइसकेका छन्।





















