काठमाडौं / पार्टीभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदल अनुमोदन गराउन नेकपाको सचिवालय बैठक आज सोमबार बोलाइएको छ ।
आज बिहान १० बजे सचिवालय बैठक बस्ने भनी खबर आएको छ , पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
एक नेताका अनुसार शुक्रबार गठन भएको कार्यदललाई सचिवालयबाट औपचारिकरुपमा अनुमोदन गर्दै कार्यदिशा दिनका लागि सो बैठक डाकिएको हो । नेकपाभित्र विवाद बढ्रदै गएपछि त्यसको समाधान गर्नको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
गत शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा नेताले असन्तुष्टि जनाएपछि भोलिका लागि सचिवालयको बैठक डाकिएको हो । यसअघि साउनको ३ गते नेकपाको सचिवालयको बैठक बसेको थियो ।





















