विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन्। उनका अनुसार आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको छ।
क्याफेको भान्साबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो।
आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो। इटहरी उपमहानगरपालिकाका दुईवटा दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयोगमा नरहेको जनाइएको छ।
टहरी उपमहानगरपालिकाको दुई वटा दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयोगमा छैन ।





















