काठमाडौं । मरहट्टा सेवा प्रतिष्ठान , काठमाण्डौं नेपालको ९औँ वार्षिकोत्सव तथा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मरहट्टा सेवा प्रतिष्ठानको केन्द्रिय अध्यक्ष ध्रुब बाबु मरहट्टा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मरहट्टाको जेष्ठ सदस्य हेमलाल मरहट्टाको प्रमुख आथित्यता र विशेष अतिथिमा जेष्ठ महिला सदस्य सीता देवी मरहट्टा रहनु भएको थियो ।
कार्यक्रममा मरहट्टा सेवा प्रतिष्ठानका पूर्व अध्यक्षहरु , आजिवन सदस्यहरु ,साधारण सदस्यहरु , युवा समिति, महिला समिति पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा काशीनाथ मरहट्टा , केशव मरहट्टा , प्रा शिवहरि मरहट्टा , चन्द्र प्रकाश मरहट्टा , हरि प्रसाद मरहट्टा , वेनीरमण मरहट्टा , रामजी प्रसाद मरहट्टा , नानीराम मरहट्टा , वासुदेव मरहट्टा हरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै सबैजनाले प्रतिष्ठानले बन्धुहरु खोजि गरि एकजुट बनाउने लगायतका विभिन्न सेवा प्रदान गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
मरहट्टा सेवा प्रतिष्ठानले प्रकाशित गरेको २०८३ सालको भित्तेपात्रोको औपचारिक विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा निर्वतमान समितिहरु र आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रतिष्ठानको आजीवन सदस्यको लोगो शुभारम्भ तथा वितरण गरेको थियो ।
मरहट्टा सेवा प्रतिष्ठानका युवा समूह , महिला समूह तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष काशीनाथ मरहट्टाले संस्थाको ईतिहास र वर्तमान बारे समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव हरि प्रसाद मरहट्टाको स्वागत मन्तव्य रहेको कार्यक्रम सञ्चालन महासचिव दिपक बाबु मरहट्टाले गर्नुभएको थियो ।
मरहट्टा सेवा प्रतिष्ठानको ९औँ स्थापना दिवशमा प्रतिष्ठानले सेवा र बन्धुहरुको खोज अनुसन्धान क्षेत्रमा हासिल गरेको प्रगतिलाई उजागर गर्नुका साथै आगामी दिनमा अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूको धारणा रहेको थियो ।
























