काठमाडौं / नेपाल कम्युनस्टि पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको सहमतिका आधारमा विवाद समाधानका लागि कार्यदल गठन भएपछि पार्टी एकताको रक्षा सुनिश्चित भएको श्रेष्ठको भनाइ छ ।
सामाजिक सञ्जालमा एउटा सन्देश प्रेसित गर्दै श्रेष्ठले पार्टी भित्रको समस्या समाधानका लागि कार्यदल गठन गरिनु सकारात्मक भएको पनि बताएका छन् ।
साथै कार्यदका विषयमा भ्रामक प्रचार गरिनु गलत भएको पनि उनको भनाइ छ ।
























