काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ।
प्रचलित कानुनअनुसार कुल सदर मतको थ्रेसहोल्ड (३ प्रतिशत) पार गरेका ६ राजनीतिक दलले मात्र समानुपातिक सिट पाएका हुन्। आयोगले सार्वजनिक गरेको विवरणअनुसार सिट बाँडफाँट यसप्रकार छ–
राष्ट्रिय स्वतन्त्र पार्टी – ५७ सिट
नेपाली कांग्रेस – २० सिट
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) – १६ सिट
नेपाली कम्युनिस्ट पार्टी – ९ सिट
श्रम संस्कृति पार्टी – ४ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी – ४ सिट
आयोगले समानुपातिकतर्फ प्राप्त कुल सदर मतको आधारमा कानुनबमोजिम सिट संख्या निर्धारण गरेको जनाएको छ। अब सम्बन्धित दलहरूले बन्दसूचीअनुसार आफ्ना प्रतिनिधि चयन गर्नेछन् ।
यस्तै प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। नेकपा एमालेले प्रत्यक्षतर्फ ९ स्थान जितेको छ। नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट पाएको छ।
नबोदित श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ। मौजुदा संसदमा प्रत्यक्षतर्फ र समानुपातिक गरि दुई तिहाइ बहुमत पुग्न १८४ सिट चाहिन्छ ।






















