कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का २६ वर्षीय केपी खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले यहाँ १९,५७० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी पतिराम चौधरी (नागरिक उन्मुक्ति पार्टी) भन्दा ७,१०८ मतको फराकिलो अन्तरले विजयी हासिल गरे। चौधरीले ११,९४९ मत पाएका थिए।
त्यसैगरी, सूर्यबहादुर थापा (नेकपा एमाले) ले ७,८८६ मत ल्याए भने विजयबहादुर स्वाँर (नेपाली कांग्रेस) ले ७,२१३ मत प्राप्त गरे।
यस अघि कैलाली १ मा रास्वापाका कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन् ।





















