काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचन परिणामअनुसार कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याएका छन्। नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिनकुमार खड्काले २ हजार ३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका विजय पन्तले १ हजार ३२० मत पाएका छन्।
कार्कीले अन्य प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।





















