गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्।
उनले नेकपा एमाले का उम्मेदवार पृथ्वी सुब्बा गुरुङ लाई १७ हजार २२ मतान्तरले पराजित गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् भने गुरुङले १६ हजार ८७६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार गमप्रसाद गुरुङ ले १६ हजार ५६९ मत प्राप्त गरेका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो। तीमध्ये ७३ हजार १० मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।





















