गोरखा / भोली सोमवार देखि भदौ ७ गते सम्म गोरखामा लकडाउन हुने भएको छ । सार्वजनीक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योग धन्दा, ब्यापार व्यवसाय सबै बन्द हुने भएको हो ।

खाद्यान्न र अति आवश्यक औषधी पसल भने सामाजिक दुरी कायम गरी आवश्यक सुरक्षाका उपाए अपनाएर खोल्न पाईनेछ । पहिलो चरण जस्तै कडाईका साथ लकडाउन गर्ने निणर्य भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापन संम्बन्धि गोरखा जिल्लास्तरीय बैठकले अति आवश्यकीय बाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने निणर्य गरेको हो ।





















