नवलपरासी । पश्चिम नवलपरासीमा भोट माग्दै गरेका उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका १२ जमुनिया बजारमा चुनाव प्रचार गर्दै गरेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजु हरिजन सहितको टोलीमाथि उनीहरुले हातपात तथा दुर्व्यवहार गरेका थिए ।
घटनापछि फरार रहेका बर्दघाट नगरपालिका १३ धनेवा बस्ने २२ वर्षका दीपिन थापा, १९ वर्षका आयुष राना मगर र राम मिजारलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।





















