माडी / चितवनको माडीमा चितवन क्षेत्र नं. ३ मा नेपाली कम्यूनिष्टको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रेनु दाहालले थारु गाउँहरू घरदैलो तीव्र बनाएकी छिन् । मंगलबार माडी नगरपालिका वडा नं.३ को सिमरा, धोबाहा, बसन्तपुर बजार, पौहारी लगायतका गाउँठाउँमा दाहालको घरदैलो सञ्चालन भएको हो ।
चुनावी घरदैलोका क्रममा आएकी दाहालसहित नेताहरुलाई पञ्चेबाजा बजाउँदै नाँच्दै नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । ठूलो संख्यामा उपस्थित रहेका मतदाताहरुसंगै बिहान ९ बजेदेखि दाहालले घरदैलो सुरु गरेकी दिईन्।
घरदैलोमा निस्किएपछि कार्यकर्ताहरू उत्साहित हुदै रेनु दाहाललाई जिताउन आफ्ना समस्या सुनाउदै घर घर खेत खेतामा पुगेर मत मागेका थिए । दाहालले ुयसअघि नारायणी नदीमा तटबन्धन गरेजस्तै माडीमा रीउ करिडोर (ड्याम सहितको सडक) निर्माण गरी बाढी प्रकोप नियन्त्रण र वन्यजन्तुको आक्रमणको समस्या हटाउन लागिपर्नेु बताईन्।
देशमा राजनीतिक क्रान्ति भइसकेकाले अब आर्थिक र विकास क्रान्ति गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिईन् । दाहालले अगाडि थपिन्, ‘अब आर्थिक क्रान्ति गरेर देश र जनताको आर्थिक स्तर माथि उठाउनुपर्नेछ ।’
‘भर्खरै जेनजी आन्दोलन भयो, हाम्रा कलिला नानीबाबुहरुले सहादत प्राप्त गर्नुभयो, केही दलले आफूलाई जेन–जीको प्रतिनिधित्व गरेको भनेर युवाहरुलाई भ्रममा पार्ने काम गरे,’ उनले भनिन् । कम्यूनिष्ट पार्टीले परिवर्तन स्वरुप यो निर्वाचनका लागि आफू जस्ता सयौँ नयाँ युवालाई उम्मेदवार बनाएको छ ।’
यसैविच दाहालको चुनावी प्रचारमा जुटेका माडीका महिलाहरु उत्साहपूर्वक छमछमी नाँचेका छन् । पञ्चेबाजामा नाँच्दै बृद्धा र वयस्क महिलाहरु दाहालको घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।
यसपटकको निर्वाचनमा सबैजसो दलहरुले पञ्चेबाजा बजाउँदै नाँच्दै गाउँदै घरदैलो लगायतका चुनाबी कार्यक्रम सञ्चालन गरेको देखिएको छ । यसबाट माडीसहित चितवन क्षेत्रमा चुनाबी सरगर्मी बढिसकेको छ र चोक चौतारी गाउँ ठाउँमा चुनाबी छलफल, विचार विवेचना बढेको देखिएको छ । रेनुसगैँ कम्यूनिष्ट पार्टीबाट समानुपातिकी उम्मेदवार बनेकी निशा न्यौपाने पनि सँगै छन् ।

























