चितवन / वि पी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले अति आवश्यक बाहेक अरु सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ दिन दिनै बढ्रन थालेपछि अति आवश्यक सेवा बाहेक अरु सम्पूर्ण सेवा बन्द गरिएको बताएका छन् ।
ईमरजेन्सी सेवा पनि ओपिडीबाट दिने तयारी अस्पतालले गरेको छ ।
कोरना संक्रमितसँग सम्पर्कमा आएकाको परीक्षण र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको कार्यकारी निर्देशक डा. गौतमले बताए ।
शनिबार राति आएको रिर्पोटमा क्यान्सर अस्पतालको मात्रै ईमरजेन्सीमा कार्यरत पाँच जना नर्समा कोरोना पोजेटिभ आएको थियो ।





















