काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सभी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ भित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक र आयोगमा बुझाउने निर्देशन दिएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार यस्तो निर्देशन दिइएको हो।
निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूले आयोगमा, र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा आफ्नो घोषणापत्र दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार बुझाउनुपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ।





















