चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले आजबाट आमाको नामको नागरिकता वितरण प्रणाली शुभारम्भ गरेको छ ।
एकै आमाका दुई छोरा निश्चल र शकर चौधरी (दाजुभाइ)लाई आमाको नामको नागरिकता वितरण गरेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
नागरिकता ऐन र नियमावलीमा सरकारले हालै गरेको संशोधन अनुसार कुनै कारणले नागरिकता पाउन नसकेका त्यस्ता नागरिकलाई आजबाट जिल्ला प्रशासन कार्यालयले आमाको नामको नागरिकता बितरण गर्न शुरु गरेको हो ।





















