बाटोको परिमार्जन भएको चिनारी रोड हो । बाटोको पनि मान्छे हिड्ने वाटो देखि भैंसी रांगा, गाई, गोरु भेडा, वाख्रा, गधा, घोडा आदि हिड्ने वाटो भनेर समाजले नामाकरण गरेका छन् । गाँउ र ठाउँ अनुसार वाटोको प्रकारहरु अनगिन्ती छन् ।
यी सवै बाटाहरु मानवको हित र कल्याणका लागि मानवले नै रेखा हानी निर्माण गरेका हुन्छन् । जनसंख्याको चाप संगै मानवले वनाएका वाटाहरु साँघुरा हुँदै गएका छन् । भूगोलको गिरावट भई रहेका छन् भने हरेक महिना नेपालमा मात्र कम्तिमा ३० हजारको जनसंख्या थपिन्छ भने ५ हजार को जनसंख्याको नोक्सान हुन्छ अनि जीवत करिव २५ हजार जनसंख्याले गुणात्मक रुपमा जनसंख्याको वढवा दिदा जल, जमीन, जंगल सवैमा नोक्सान भएको छ ।
यसैले गर्दा समाजको परिवर्तित रुप संगै राज्यले आफ्नो जग्गालाई गाउंपालिका, नगरपालिका, प्रान्तीय राज्य अनि केन्द्रिय राज्यमा विभाजन गरेका हुन्छन् । यसको लागि वाटो, रोडको संख्या पनि वृद्धि भई रहेका छन् । रोड पनि कच्ची रोड, ग्रावल रोड, पिच रोड , राजमार्ग , भित्रिमार्ग आदिमा नामाकरण गरिएका छन् ।
राज्यको चाहाना अनुसार जनताको जग्गा रोडलाई देखाएर घटाएको छ अनि रोडले जोडिएको जग्गा भनेर लेनादेना गर्दा सरकारी राजश्वको लागि जग्गै वेच्न पर्ने अवस्था पनि वनाई दिएर जनता चिन्तीत भएका स्वरहरु आएका छन् । रोड बाटोको नाममा जनता सुकुम्वासी हनु पनि अन्याय हुन जान्छ ।
यसरी जनसंख्या कम हुँदा वनेका वाटो आज ग्रावल रोड र पिचरोडमा नामाकरण भएका छन् । रोड वाटो भन्दा वढि आकार र प्रकारका मोटर सवारीहरु छन् । यसै वाटोमा घरपालुवा जनावर देखि पैदल यात्री, ठेला, साईकल, रिक्सा, अटो रिक्सा, मटर साईकल, भ्यान, म्याजिक, भ्यान, ट्रक, वस लहरी, ट्रयाक्टर, दमकल सवै अटाउनु पर्छ ।
सवैकोे रोडमा परेड चल्छ सवैलाई हतार हुन्छ । यति मात्रै नभएर यस्ता सवारीले कम्तीमा २५५ सम्म रोड ढाक्ने गरी वुईमा सामान वोकेर हिड्छन् । कवाडिका सामान वोक्ने साईकलहरु ८ फिट सम्म वाटो ओगटेर हिड्छन् । वाईकमा दुवै तिर काठ हाली कुखुरा र दुध हालेर हिड्छन् । वसको छतमा मालसामानले उचो हुन्छ । सवै सवै सवारीले सके र मिले सम्म आफ्नो शरिर भन्दा वाहिर जोडेर सडक वाटोमा धेरै आकार लिन होडवाजी गर्छन् ।
विदेशवाट आएको विदेशीले कवाडी संकलन गरेर वाटोमा साईकललाई लम्पसार पार्दै सडक दुर्घटनामा तल्लीन हुँदा सरोकारवाला नियाय किन चुप लागे भन्ने स्वर पनि वुलन्द हुँदैछ । यस्ता कवाडी जम्मा गर्ने विदेशीहरुले कुनै निकायमा दर्ता हुन र कर तिर्न नपर्ने अनि रोड वाटो पनि वढि प्रयोग गरि नेपाली मुन्द्रा विदेश पुराउन सहजै अवसर प्रदान हुँदा सरोकार वाला निकायको कतै मितिमतो त छैन भन्ने आवाज पनि उढ्न थालेका छन् ।
त्यसै गरि कपास फिटि सिरक डसना वनाउने विषयहरु गैरु कानूनी रुपमा भईरहेको छ भनि वुलन्द रुपमा आवाज उढ्न थालेका छन् । सवारी चेक जाँच गर्ने, रोडवाटोको व्यवस्थापन गर्ने निकायले पनि उचित ध्यान नदिएको गुनासो आउन थालेका छन् । मुलुकमा आएको राजनैतिक पविर्तन पछि नेपाल राज्य संघात्मक गणतान्त्रिक पद्धतिमा गएको छ र सोही वमोजिमका संघात्मक राज्यका संरचनाहरु पनि निमार्ण भई रहेका छन् ।
अव पशु अनि जनावरहरुको पनि अधिकारको कुरा कानूनमा समावेश भएका छन् । जनावरलाई पनि काम र आरामको व्यवस्था कानूनले गरेको छ । जनावरलाई पशु भनेर अमानविय व्यवहार गर्न पाईन्न । राज्यका सुरक्षा निकायको नाकैमा ठोकिने गरि सिङ र पुच्छार जोल्ठयायर तानेर वाटोमा वा ट्रकमा कोचेर ढुवानी गर्नु पनि गैर कानूनी काम हो । यस्तो कार्य गर्न पाईन्न तर नेपालमा प्रचलित कानूनमा व्यापक फेरवदल हुँदा पनि व्यवहारमा समानता देख्नै परेको छ ।
कुखुरालाई निरमुन्ढी न वनायर कोच्न र ओसार्न पाईन्न । मान्छेलाई फाईदा हुन्छ भनेर कुखुराको ढाड र अन्य जनवारको घाटी भन्दा अन्यत्र हानी मार्न, याताना दिन हुदैन । यस्ता पशुपंक्षीको शरिरमा रगत जमाएर तौल वढि आम्दानी हुन्छ भन्ने हिसाववाट हुने ज्यादती पनि गैर कानूनी कार्य हो ।
कुनै जिवित वा निर्जिव वस्तुको ओभर लोड हुने गरि ढुवानी गर्दा पनि कुरा मिलाउन जान्नु पर्छ सजिलै ओभरलोड सवारी पनि पास गर्न सकिन्छ भन्ने सवारीका चालक र सहचालकले वेला वेलामा वोलेको तितो सत्य सुन्नु पर्दा र व्यवहारमा पनि चलि आएको देखिदा आन्दोलन गर्न नसक्ने पशुपंक्षी र कराउन नसक्ने रोड वाटोमा मानव र शासकको कुशासन भएको त होईन भनी आएका आवाज पनि कमि छैन ।
यसरी हामी सवै मानवले जीवनकालमा आफ्नो पेशा, व्यवसाय, नोकरी, व्यवहार, नैतिकता सवै आवश्यक कुराहरुमा नाफा र फाईदाको लागि मात्रै परिचालित नभएर मानवधर्म तर्फ पनि सचेत वनि नैतिकवान भएमा राज्यले असल नागरिक र नागरिकले असल राज्य निर्माण गर्न सम्भव छ ।
रोड बाटोलाई जता पनि र जसले पनि आफ्नो सिमा नाघि आक्रमण गर्दा सडक दुर्घटनालाई न्यूनिकरण गर्न पनि सजिलो हुदैन अनि यस्ता आक्रमण गर्ने वाटा र वाहानाहरु पद, पहुँच र पैसाले अनुमति दिनु हुदैन ।
राज्यका हरेक नागरिकले आफूले अधिकार प्रयोग गर्दा आफ्नो कर्तव्य र जिम्वेवारी प्रति पनि सचेत हुनु जरुली छ । यो हरेक राज्यका नागरिकको समाज र राज्य प्रतिको दायित्व पनि हो ।
(लेखक हरि मैनाली अधिवक्ता तथा नोटरी पव्लिक आधिकारिक अनुवादक हुनुहुन्छ )





















