काठमाडौँ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति, गालीगलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तामाथि झूटा आरोप लगाउँदै अपशब्द प्रयोग गरेको भिडिओ र अन्तर्वार्ता सार्वजनिक गरेका थिए। प्रमाणसहितको पत्राचारपछि अनुसन्धान गर्दा आरोपहरू तथ्यहीन देखिएको प्रहरीले जनाएको छ।
उनीमाथि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।





















