काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले जेनजी आन्दोलनपछि बनेको सरकारको मुख्य म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको स्पष्ट पारे। सरकारले निर्वाचनको तयारी सुरु गरिसकेको भन्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका नगर्न उनले आग्रह गरे।
तोकिएको मितिमा निर्वाचन नभए देश संकटतर्फ जान सक्ने चेतावनी दिँदै उनले सरकारका कामप्रति सहयोग र हौसला दिन सबै पक्षलाई आग्रह गरे।





















