चितवन – भरतपुर १०, स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा “आईटी फेस्ट २०८२” सम्पन्न भएको छ । विद्यालयको ६३ औं बार्षिकोत्सवको अवसरमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवनको प्राविधिक सहयोगमा आईटी फेस्ट २०८२” सम्पन्न भएको हो ।
पौष १२ गतेदेखि सुरु भएको आईटी फेस्टमा विभिन्न ६ वटा कार्यक्रम भएका छन् ।जसमा 12 Hours Hackathon, Graphic designing competition, CSS battle, Esport अन्तर्गत Pub-G र Free fire, Typing Competition Scratch Programming भएका हुन् ।
सात वटा विद्यालय सहभागी भएको HACKATHON कार्यक्रममा बिजेता गुरुकुल कलेज र उपविजेता नारायणी पब्लिक सेकेण्डरी बोर्डिङ स्कुल भएको छ । बिजेताहरुले नगद, प्रमाण पत्र, मेडल र ट्रफी हासिल गरेका थिए ।
यस किसिमको कार्यक्रम बिद्यालयले दोस्रो पटक आयोजना गरेको आइटी संयोजक दिपक तिवारीले जानकारी दिए |
पौष १२ गते भएको उदघाटन कार्यक्रमा ICT क्षेत्रका व्यक्तित्वहरुको सहभागी रहेको थियो |विद्यालयका प्रधानध्यापक रामशरण दुवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि CAN Federation का केन्द्रीय लेखा संयोजक भानु शर्मा रहेका थिए ।
उनले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्दै नारायणी नमुना विद्यालयमा आईसीटी अवार्ड प्राप्त गरेकोमा बधाई दिए । उनले सूचना प्रविधिको विकास नगरी अबको युग अगाडि बढ्न नसक्ने बताए ।
यस्तै कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु केशव सापकोटा, दिपक अधिकारि, राजकुमार कंडेल, प्रेम कुमार श्रेष्ठ, सुन्दर श्याम महतो, रमेश चन्द्र दवाडी, आचल तामाङ्ग, अमित रामदाम, चन्द्र कुवर, सुमिन थापा, अर्पण पौडेल, सन्देश अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत विद्यालयको ICT Club का अध्यक्ष आशिष पौडेलले गरेका थिए भने शुभकामना मन्तव्य विद्यालयका IT Coordinator दीपक तिवारीले गरेका थिए । कार्यक्रमको Coordinator विद्यालयको कक्षा ११ मा पढ्ने विद्यार्थी बिनम्र सापकोटा गरेका हुन् ।





















