चितवन / कोरनाको नयाँ संक्रमित बढ्दै गएकापछि चितवनको सदरमुकाको भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले हिजो शुक्रबार एक सूचना निकालेर गए राति १२ बजे देखि लागू हुने गरी एक साता सम्म निषेधाज्ञा जारी रहने जनाएको हो ।
निषेधाज्ञाले नारायणगढ–भुरतपुरको सडक सुनसान छ । बजार पूरै बन्द छ भने कोही पनि आफ्नो घरबाट बाहिर निस्किएका छैनन् । सडकमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । सुरक्षाकर्मीहरु तीन तहकै देखिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली सडकमा देखिन्छन् ।
सडकमा स्वास्थ्यकर्मी र सञ्चारकर्मी छिटफुट देखिन्छन् । चेकजाँच पनि कडा देखिन्छ । त्यसबाहेक अत्यावश्यक परेर हस्पिटल हिँडेकाहरु मात्र केही देखिए । सवारी साधन पूरै ठप्प छन् । अत्यावश्यक सेवाका व्यक्तिहरुले चलाएका छिटफुट सवारीसाधन मात्रै गुडेका छन् ।
























