चितवन — अपाङ्ग समाज महिला सञ्जाल, चितवनले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम मंंसीर २२ आयोजना गर्ने भएको छ। लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सुदृढ बनाउने र अपाङ्गता भएका महिलामाथि हुने विभिन्न प्रकारका हिंसा तथा भेदभावका विषयमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।
यस कार्यक्रमको आयोजनामा अपाङ्ग समाज महिला सञ्जाल चितवन रहेको छ। सह–आयोजनामा श्रमिक नेपाल चितवन तथा सहयोेगी संस्थाका रूपमा अपाङ्ग समाज चितवन, भरतपुर–११ सहभागी छन्। साथै, जिल्ला प्रहरी कार्यालय चितवनले कार्यक्रममा उपस्थित महिलालाई कानुनी परामर्श प्रदान गर्ने छ।
आयोजक संस्थानका अनुसार मंंसीर २२ को अन्तरक्रिया कार्यक्रमले हिंसामुक्त समाज निर्माणमा सहयोग पुर्याउने तथा अपाङ्गता भएका महिलाको अधिकार र संरक्षणबारे थप जागरण फैलाउने अपेक्षा गरिएको छ।
कार्यक्रम २०८२ मंंसीर २२ गते सोमबार मलेवा पार्टी प्यालेस, भरतपुर–११, चितवनमा हुने छ।
























