गोरखा / गोरखा क्षेत्र नम्बर २ का सांसद एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पहलमा आँपपिपल र गोरखा अस्पताललाई रगत जाँच गर्ने मेसिन उपलब्ध भएको छ । एक चिनियाँ संस्थाको सहयोगमा करिब सात लाख मूल्य पर्ने मेसिन भट्टराईले गृह जिल्लाका दुईवटा अस्पताललाई शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन ।
४ / ५ प्रकारका मेसिनले गर्ने काम उक्त मेसिनले एकै पटकमा गर्ने हुँदा जनशक्ति समय र गाउँगाउँबाट आएका सर्व साधारणलाई सेवा दिन सहज हुने अपेक्षा अस्पतालले गरेको छ ।अस्पताल बिकास समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई पूर्व प्रधानमन्त्री भट्टराईले उक्त मेसिन हस्तान्तरण गरेका हुन ।
मेसिन लिँदै अस्पताल बिकास समितिका अध्यक्ष अर्यालले सेवा बिस्तारमा बिभिन्न क्षेत्र र ब्यक्तीबाट प्राप्त सहयोगको उपयोग गर्ने गरी अघि बढ्ने बताए । हामीले अस्पतालबाट दिने सेवामा कुनै कमी नरहने र यहाँ उपचार गर्न आएका बिरामीहरुलाई राम्रोसँग उपचार गरेर पठाईएको अर्यालले जानकारी दिनुभयो ।
उक्त मेसिन अहिले अस्पतालमा भएको भन्दा सुविधा युक्त रहेको र एउटा रगतको नमुनाबाट ३६ वटा परीक्षण एकै पटक गर्न सकिने बायोमेडिकल इन्जिनियर सौगात आचार्यले बताए । कम खर्चिलो र जनशक्ति पनि कम लाग्ने तर सेवा धेरै दिन उक्त मेसिन उपयुक्त हुने उनले बताए ।





















