काठमाडौँ । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशनका लागि पुस २६ वा २८ को कार्यतालिका प्रस्ताव गरेका छन्।
सानेपास्थित पार्टी मुख्यालयमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा खड्काले नियमित महाधिवेशन सञ्चालनका लागि कार्यतालिका प्रस्तुत गरेका हुन्।
बैठकमा उनले क्रियाशील सदस्यता वितरण, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनसम्मको सम्पूर्ण तालिका प्रस्तुत गरेका छन्।





















