काठमाण्डौं । लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएर टर्र्कीमा नेपाललाई गौरवान्वित बनाएका छन् ।
हुने विरुवाको चिल्लो पात भए झै लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका–१, जिता घर भई हाल काठमाण्डौ बस्दै आएका समिप न्यौपानेले टर्कीमा सम्पन्न गोल्डेन किड्स इन्टरनेशनल कार्यक्रममा सहभागी भई गीतार मार्फत मौलिक प्रस्तुति दिएका हुन् ।
यहि कार्तिक १ गतेदेखि शुरु भएको कार्यक्रममा राष्ट्रिय निर्देशक प्रमिला सिलवालको नेतृत्वमा नेपाली संगीतको प्रतिनिधित्व गर्दै न्यौपानेले कार्यक्रममा सहागिता जनाएका हुन् । अन्तराष्ट्रिय मञ्चमा मौलिक नेपालीपन झल्किने गितार धुनमार्फत न्यौपानेले कार्यक्रमका हजारौँ सहभागीहरुको मन जितेको उनका बुबा समाजसेवी बौद्धिक व्यक्तित्व सुनिल न्यौपानलेले जानकारी दिनुभयो भयो ।
ब्राजिलसँगै एशिया, युरोप र अफ्रिकाबाट ६४ देशको सहभागिता रहेको उक्त कार्यक्रममा समिपको प्रस्तुतीमा नेपाली मौलिकता सुनिएको थियो । आधुनिक बाजा गीतार मार्फत मौलिक नेपाली धुनले समिपको आत्मविश्वास र संगीत प्रतिको समर्पण प्रशंसा योग्य भएको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका थिए । विशिष्ट व्यक्तीहरुबाट १५ वर्षिय न्यौपानेलाई ‘भविष्यको अन्तर्राष्ट्रिय कलाकार’ को अनौपचारिक उपाधी समेत दिएको थियो ।
सानैदेखि संगीतप्रेमी समिप निरन्तर अभ्यास र लगनका कारण उत्कृष्ट गितार वादकका रूपमा पहिचान बनाउँदै आएका छन् । अन्तराष्ट्रिय कार्यक्रममा भएको सहभागिता र उपलब्धिले उनको प्रतिभा प्रोत्साहनमा नयाँ ऊर्जा मिलेको समिपको आमा मिना बर्तौला न्यौपानेको प्रतिक्रिया छ ।
अन्तराष्ट्रिय कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्दै टर्कीमा पुगेर नेपाली मौलिकता प्रस्तुत गर्न पाएकोमा गर्वको विषय भएको उनले बताएका छन् । भविष्यमा नेपाली संगीतलाई अझ ठूलो मञ्चमा पु¥याउने लक्ष्य राखेको समिपको भनाई छ ।
पुख्र्यौली घर जिता भएर हाल काठमाण्डौमा बस्दै आएका समिप काठमाण्डौकै एनसिसिएस स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् । सगीतप्रतिको लगावसँगै आफ्नो नियमित अध्ययनमा पनि समिति मिहेनती विद्यार्थी हुन् ।
समिपका बुबा सुनिल न्यौपाने पनि आँफैमा गीत संगीतप्रमी रहेका छन् । लोक गीतमा रुचि राख्ने न्यौपानेले आफ्नो रचना तथा अभिनयमा दर्जन गीत बजारमा ल्याईसकेका छन् । न्यौपाने पनि आँफैमा संगीत क्षेत्रको परिचित व्यक्तित्व हुनुहुन्छ ।





















