कहानी यसरी शुरु हुन्छ,हाम्रो म कक्षा सात मा पढ्दा अनुपम कक्षा दशमा पढ्थ्यो,ऊ घरि घरि मेरो कक्षामा आइ रहन्थ्यो, म सँग थोरै बोलि मिसाउ थियो। ऊ मिजासिलो पढ्नमा हरेक कुरामा तेज थियो। मेरो नाम पहिले इसा थियो।
जब म आठमा पुगे उसले मलाई सल्लाह दियो तिम्रो नाम अनुपमा राखन है, मलाई पनि राम्रो नाम लाग्यो हस् भने नाम फेरें ऊ अनुपम म अनुपमा भएँ। एस एल सि पास पछि कलेज पढ्न गयो , स्कुलमै हप्तामा एक पटक स्कुल आउथ्यो हाफ टाइममा म सँग धेरै गफ गर्थियो।
यस्तै क्रम हुँदै गर्दा मैले पनि एस एल सी दिएँ ऊ उच्च शिक्षा हासिल गर्न जाने तयारीमा थियो, मलाई उसको आदत भै सकेको थियो, जाँदा जाँदै उसले प्रेमको प्रस्ताव राख्यो मेरो नाम बदल्नुको अर्थ सबै भन्यो।
मेरो मनमा पनि उसको लागि प्रेम पलाउन थालेको थियो। पढ्नको लागि अमेरिका जान लागेको थियो, उसले पढाइ सकेर आउने वित्तिकै विवाह गर्ने हो भनेको थियो।उसको पढाइ पाच वर्षको लागि थियो।
मायाँ गर्छ उसले पनि भन्ने थाह नपाउन्जेल सहज थियो तर जब ऊ मलाई अथाह मायाँ गर्छ भन्ने थाह भए पछि, मलाई असाध्यै गाह्रो भयो। अनलाइन आइ रहन्थ्यो, म सँग घण्टौ बात गर्थो, मलाई मोबाइलकै स्कृनबाट नियाल्थियो, यसै क्रममा मेरो परिवारलाई पनि थाहा भयो, सबै कुरा भने उसले पनि सबै भन्यो, मेरा दिनहरु कति बेला मेरो अनुपम अनलाइन आउँछ होला भनि बित्थ्यो, मलाई हेरेरै सबै काम गर्थियो, कहिले कहिँ म अनलाइन नहुँदा मेरा साथीहरु सँग फोन गरेर सोथ्यो , जति गफ गरे पनि कम लाग्थियो।
कुनै दिन बिदा हुँदा म सँग गफ गरेर समय बित्थ्यो। हजार सपनाहरु थिए हाम्रो तिमीलाई यो ल्याउँछु तिमीलाई यहाँ लान्छु, मलाई यति माया गर्थियो की म उसको पासो थिएँ, कहिल्यै मलाई नराम्रो शब्द बोलेन, म उसको सबथोक थिएँ। ऊ मलाई हेरेर जिन्दगी काट्छु भन्थियो।उसको अमेरिका बसाइ पाँच बर्षको थियो तर मलाई सयौं जुनीको लाग्यो,पाँच बर्ष म उसको तड्पाइमा र ऊ मेरो तड्पाइमा बितिरहेको थियो।
आँखामा राखे पनि नबिझाउने बोलिमा मिठास उस्तै मेरो अनुपम यति राम्रो थियो कि।
ऊ घर आउने बेला भएको थियो,मेरो लागि सामानहरु लगेजमा प्याक गर्दा, हरेक सामानमा अनुपमा लेखेर प्याक गरेको देखाउ थियो त्यतिबेला सम्म परिवार सबैलाई थाहा थियो, यता पनि हेराइ जुराइ गरि विवाहको तयारी थियो, मलाई समेट्नै नसक्ने खुसी मिलेको थियो, आज सम्झँदा पनि म त्यहि समयमा नै छु जस्तो लाग्छ। ऊ आउने दिनको टिकट पनि देखाएको थियो। आउनको लागि बिस दिन बाँकी थियो, हामी एक एक समय कति आतुर थियौ।
अचानक कोरोनाको महामारी फैलियो,घर आउने मलाई वेहुली बनाएर लैजाने सपनामा कालो बादल लाग्दै गयो, लकडाउन हुन भन्दा पहिले ऊ धेरै सपिङ् महलहरु धाएको थियो म घर आउने खुसीयालीमा मेरो अनुपम खानै बिर्सन्थियो, म खानु पर्छ भन्थे ऊ आएपछि तिम्रो हातबाट खाने हो भन्थियो,अचानक उसलाई ज्वरो आउन थाल्यो डाक्टरले कोरोनाको महामारी बढ्दै जाँदा पिसीआर टेष्ट गर्नुपर्छ भनेपछि टेष्ट गर्यो,घरमा हामी सबै तनाव हुन थाल्यो , अनुपम पनि धेरै तनाव लिन थाल्यो दिन दिनै अनुपमा तिमीलाई भेट्न पाउँदिन कि के हो भने रहन्थ्यो म सम्झाउँथे उसलाई फेरी आफै रुन्थे। टेष्ट गरेको केहि दिनमा रिपोर्ट पोजेटिभ आएछ।
हामीलाई केहि भनेन मलाइ केहि नभन्दै मनमा चिसो पसि सकेको थियो, उ धेरै रोएछ , चिच्याएछ, खाना सुत्न सबै हेलचेक्र्याइ गरेछ,उ सँगै कोरोना लागेको साथी खान पान देखि सबै कुरामा केयर गर्यो उसको स्वस्थ्य सुधार आयो, तर मेरो अनुपमले मनस्थिति नै कमजोर बनाउँदै गएछ रिपोर्ट आएको पाँच दिन पछि मलाई भन्यो अनुपमा हाम्रो प्रेमले कोरोना लाई जित्न सक्दैन भन्यो म रोएँ कराए सम्झाए उसको मरि सकेको मनस्थिति जगाउन धेरै गाह्रो भयो। हस्पिटलमा भर्ना भयो झन उसको स्वस्थ्य स्थिती बिग्रदै गयो । जुन दिन मेरो अनुपम एयरपोर्टमा हात हल्लाउँदै आउँछ भनेर बर्षौ देखिको मेरो पर्खाइ मेरो मायाँले कोरोनालाई जित्न सकेन। न रोएर ऊ आयो, न कराएर, न अन्तिम पटक उसलाई भेट्न पाएँ। म ज्युँदो लास भए ऊ बिना ।
अनुपमा मेरा बा आमाको खयाल राख्नु है भन्ने उसको अन्तिम वाक्य मेरो कानमा पर्यो।
अनुपमको वेहुली बनि उसको हात समाई जाउँला भनेको थिएँ उसको लास समेत हेर्न पाईन मैले, रातो साडी, चुरा, श्रृंगारका सामानहरु फेर्न पाइन मैले,उसको आमा बुवा भेट्न जान्छु त म बोल्न सक्दिन, उहाँहरुको तडपाई देख्दा म मेरो पिडा त्यहाँ तोल्न सक्दिन,किन गयौ , मेरो उत्तर देउ भन्छु उत्तर आउँदैन, मलाई विश्वास छैन ऊ यो संसार छोडेर गैसको हिजो सम्म मेरो अनुपम थियो आज भगवानको भैसको, तै पठाउँछु उसलाई मेसेज कहिल्यै उत्तर आउँदैन, तिमी यो दुनियाँमा छैनौँ भन्ने विश्वास लाग्दैन।
एक महिना पछि अनुपमको नामको सिन्दुर र पोते लगाउँछु भनेर मिठा सपना सजाएको थिएँ तर तिम्रो हातको मृत्यु प्रमाणित सर्टिफिकेटले मेरो मुटु हल्लाई दियो । पाँच बर्ष सम्मको मेरो पर्खाइ मेरो प्रेमले कोरोनालाई जित्न सकेन। तिमिलाई यि हातले अन्तिम पटक छुन पाईन, अंगालेर डाको छोडि रुन पाइन, अनुपम तिम्रो अनुपमा कति अधुरो छे हेर तर अनुपमको मृत्युको खबर आएको एक महिना पछि सामान आयो एउटा छुट्टै लगेज भित्रको हरेक सामानमा अनुपमा अनुपमा लेखिएको थियो।
खास तिमीले यो आफ्नै हातले मलाई दिन आएको भए, पन्चेबाजा घन्काउदै मलाई लिन आएको भए, आँसु त अवश्य आउथ्यो तर त्यो आँसु तिम्रो छाती झर्थो। तिमी सँगै जान मन छ लैजाऊ मलाई पनि तिमी गएको दुनियाँमा, म तिमी बिना बाँच्न सक्दिनँ ।
कति दियौ यादहरु पनि कसैले अनुपमा भन्दा पनि तिमी आसपासमा भएको महसुस हुन्छ ।
नोटः कोरोनाको औषधी आउला नआउला तर हामी सचेत होऔं, खानपानमा खयाल राखौं,सकरात्मक सोचौ लकडाउनको पालना गरौं किनकी एक जिन्दगी सँग धेरै जिन्दगी जोडिएको छ।
लेखकः देविका कुवँर (सामान्य मान्छे )





















