काठमाडाैं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री जगदीश खरेलका अनुसार भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय भएको हो ।
‘भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय भएको छ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले भने ।





















