काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाई प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।
सरकारको निर्णय अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पदस्थापन गरिएको छ ।





















