काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षा व्यवस्थाअन्तर्गत सैनिक ब्यारेकमा बसेपछि आज फर्किएका छन् ।
जेन–जी आन्दोलनका घटनापछि नेपाली सेनाले उनलाई सुरक्षा दिँदै ब्यारेकमा राखेको थियो । स्रोतका अनुसार उनी आज ब्यारेकबाट बाहिरिएर भक्तपुरको गुण्डु क्षेत्रमा डेरा सरेका छन् ।
ओलीका लागि महेश बस्नेतको क्षेत्रमा एउटा घर भाडामा लिइएको बताइएको छ । बालकोटस्थित उनको स्थायी निवास भने आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएको छ । गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएयता ओली सैनिक ब्यारेकमै बस्दै आएका थिए ।
‘अध्यक्षज्यू आज ब्यारेकबाट बाहिर आउनु भएको छ। उहाँका लागि गुण्डुमा घर भाडामा लिइएको छ,’ एमालेकाे एक स्राेतले भन्याे ।





















