काठमाडौं । राष्ट्रपति कार्यालयको भवन बाहिर नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । सोमबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् ।
आज तीन मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।






















