काठमाडौं / राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा ,व्यापार र व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार सूचना जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् ।
स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको जनकराज दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।
यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।





















