चितवन । हर्मी चितवन मिलन केन्द्रको अध्यक्षमा दिपक ढकाल चयन भएका छन्। शनिबार चितवनमा भएको भेलाबाट ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।
उपाध्यक्षमा आशिष भट्ट , सचिवमा अमृत पराजुली , कोषाध्यक्षमा रामचन्द्र ढकाल ,सह सचिव रुपेश ढकाल, सह कोषाघ्यक्ष सरस्वती ढकाल ,सदस्यमा मनोहर ढकाल ,सदस्यमा विश्वास ढकाल , सदस्य सबिता ढकाल , सदस्य रिता ढकाल पराजुली चयन भएका छन्।
भेलामा निवर्तमान अध्यक्ष मिना ढकाल लगायत उपस्थित सबैले मिलन केन्द्रलाई सहयोग गर्नुपर्ने बताएका थिए।





















