भरतपुर – चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३४ औं बार्षिक साधारण–सभा एवम् १२ औं अधिवेशन र युवा उद्यमी मञ्चको छैटौं साधारण–सभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका अध्यक्ष सृजना सोती र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरे प्रमुख अतिथि रहनुभएको थियो ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले स्वागत मन्तव्य सहित वार्षिक कार्यप्रगति प्रतिवेदन, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक भरत दवाडीले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका सदस्य बिनिता बराल र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका आर्थिक निर्देशक अनिष पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा महिला उद्यमी मञ्चको तर्फबाट उपाध्यक्ष कविता श्रेष्ठ र युवा उद्यमी मञ्चको तर्फबाट निर्देशक अनिष पौडेललाई अध्यक्ष अवार्ड र महिला उद्यमीहरुतर्फ विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै महिला उद्यमीहरु कविता श्रेष्ठ, लक्ष्मी देवकोटा, वालकुमारी रानाभाट, बिन्दु शर्मा र युवा उद्यमी मञ्चका हरेक गतिविधिहरुमा योगदान पु¥याएको भन्दै युवा उद्यमीहरु रोजन गौतम, प्रविन काफ्लेलाई सम्मान गरिएको थियो । कार्यक्रममा युवा उद्यमी मञ्चमा आवद्ध नवउद्यमीहरुलाई समेत स्वागत गरिएको थियो ।
कार्यक्रममा महिला उद्यमी मञ्चका पूर्व अध्यक्षहरुको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष पार्वती सुवेदी कुँबर, बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइराला, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले साधारणसभाको सफलतासँगै नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका अध्यक्ष सृजना सोतीले आ–आफ्नो कार्यसमितिलाई धन्यवाद मन्तव्य सहित मञ्च विघटन गरी निर्वाचन मण्डललाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी प्रमुख निर्वाचन अधिकृत रहनु भएको निर्वाचन समितिको सदस्यहमा उद्योग तथा वाणिज्य कार्यालयका अधिकृत शक्तिमान कुमाल, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनु भएको थियो ।
निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको नामावली घोषणा गरेको थियो । नवनिर्वाचित महिला उद्यमी मञ्चको अध्यक्षमा सरिता खनाल पौडेल, उपाध्यक्षमा कविता श्रेष्ठ, सचिवमा गोमा कुमारी खड्का, कोषाध्यक्षमा बिनिता बराल, सदस्यहरुमा बिन्दु शर्मा, अनिता पाण्डे, कोपिला दाहाल, कृष्णमाया मानन्धर, कौशल्या देवी शाह, सम्झना कुमारी सिलवाल, अन्जना चालिसे सुवेदी, संगीता ढकाल पौडेल, हेमा पौडेल, सिर्जना पौडेल गौतम रहेका छन् ।
त्यस्तै युवा उद्यमी मञ्चको अध्यक्षमा भरत दवाडी, निर्देशकहरुमा अनिष पौडेल, राजेश ढकाल, भुवन कँडेल, सुविन श्रेष्ठ, अधिकार चालिसे, संगीन सापकोटा, ढाकाराम भण्डारी (आशिष) रहेका छन् ।
युवा उद्यमी प्रविन काफ्ले सञ्चालन गर्नुभएको कार्यक्रमलाई महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेल र युवा उद्यमी मञ्चका नवनिर्वाचित अध्यक्ष भरत दवाडी नवनिर्वाचित अध्यक्षको प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।





















