चितवन / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) चितवनले आफ्ना ३ जना जिल्ला तहका नेतालाई कारवाही गरेको जनाएको छ ।
राष्ट्रिय जनता पार्टीको क्षेत्रीय अध्यक्ष हिरालाल थिङ , चितवन जिल्ला उपाध्यक्ष एलिमा मिया र युवा संघका जिल्ला उपाध्यक्ष दिपक तामाङ्ग (नवीन) लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ ।
राष्ट्रिय जनता पार्टीको विधि विधान र पार्टीको क्षेत्राधिकार बाहिर गएर पार्टीलाई आँच आउने कार्य गरेकाले उनीहरुलाई कारवाही गर्नुपरेको पार्टीका जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठ र सचिव खुसीलाल थिङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
![]()





















