काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान अन्तर्गत ३२,०६,६०८ (बत्तीस लाख छ हजार छ सय आठ) हस्ताक्षर संकलन भएकाे छ ।
श्रावण २३ गतेसम्म बत्तीस लाख छ हजार छ सय आठ हस्ताक्षर संकलन भएकाे हाे ।
लामिछानेकाे सहयाेगार्थ श्रावण २३ गते सम्म बैसठ्ठी लाख सोह्र हजार छ सय उनान्सत्तरी ( ६२,१६,६६९) सहयोग रकम पनि संकलन भएको पार्टी बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए ।
केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, काठमाडौँलाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा नवलपुरलाई मनोनयन गर्ने निर्णय भएको छ। यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ, नवलपुरलाई मनोनयन गरेको प्रवक्ता झाले बताए ।





















